काठमाडाैं - आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षमा तीन करोडमाथि नाफा आर्जन गरेको छ। चालु आर्थिकको तेस्रो त्रैमाससम्ममा अपरिष्कृत वित्तीय विवरणमा सोही अवधिको तुलनामा लघुवित्तको नाफा बढेको संस्थाले जनाएकाे हाे ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.९७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १८.३१ प्रतिशत बढेको साे संस्थाले जनाएकाे छ।
संस्थाका अनुसार नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ७० पैसा बढेर ४६ रुपैयाँ ४४ पैसामा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १०.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५५ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ३६.९५ प्रतिशत बढेको छ भने सापटी २३.०७ प्रतिशत, निक्षेप २३.७७ प्रतिशत र कर्जा २८.३९ प्रतिशत बढेको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १२:४४