एजेन्सी– जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गरेको छ।
प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत चान–ओ–चासँग बैंककमा भेटेर विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषयमा छलफल गरेको थियो।
युक्रेन र छिमेकी देशहरूलाई सहयोग, साथै म्यानमार र उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको स्थितिमा मिलेर काम गर्ने लगायातका विषय सम्झौतामा समेटिएको छ।
गत शुक्रबारदेखि अन्तरराष्ट्रिय भ्रमणमा रहेका जापानी प्रधानमन्त्रीले इन्डोनेसिया, भियतनाम र थाइल्याण्डको भ्रमण गर्नुका साथै इटाली र बेलायतको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १३:२३