काठमाडाैं - कामना सेवा विकास बैंक लिमिटेडले दशौँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएकाे छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ सोमबारबाट सप्तरी जिल्लमा थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएकाे हाे ।
बैंकले सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेकाे छ । डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेकाे छ ।
नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रिय सभापति भगवती यादव तथा डाक्नेश्वरी न.पा. वडा नं. ०७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका अन्य कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
शाखाहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएकाे छ । यस सेवाबाट ग्रामीण तथा बैंकिङ् पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।