एजेन्सी - सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको पुन: आक्रमण गरेकाे छ । सोमबार मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको बेलामा रुसले पुनः हमलाहरु थालेको बताउनु भएको छ । यसैबीच रुसले पुनः हमलाहरु थालेको युक्रेनका एक अधिकारीले बताएकाे हाे ।
राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएको छ । आइतबार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ ।
तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताएको छ । सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताएको हो ।
युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो । सोमबार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो । यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् । (सांकेतिक तस्बिर)-सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १५:४५