काठमाडाैं - देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार देशको पहाडी भूभागका केही र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ।महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू-भागका केही र बाकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन-जल तथा मौसम विज्ञान विभागले अनुरोध छ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १०:३२