काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले इमान्दार भएर काम गर्न लेखापरीक्षकहरूलाई सुझाव दिएका छन् ।
लेखापरीक्षकहरूको पहिलो सम्मेलनमा अर्थमन्त्री शर्माले लेखापरीक्षकहरूलाई काम गर्दा इमान्दार भएर गर्न र नक्कली विलबाट भएको कारोबारका साथै कर छली गरेकाहरूको कागजात नमिलाउन समेत आग्रह गरेका छन् ।
उनले कुनै कम्पनीको मात्रै लेखापरीक्षण गरेर नहुने भन्दै समग्र देशकै लेखापरीक्षण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘हाम्रो हिमालको अडिट गरौं, तराईको अडिट गरौं, गरिबीको पनि अडिट गरौं ।’ अर्थमन्त्रीले लेखापरीक्षकले विगतमा गलत गरेको भए पनि अब सच्चिनुपर्ने बताए ।
मन्त्री शर्माले भने, ‘मैले लेखापरीक्षणको विषयमा धेरै बोल्दा इन्द्रको अगाडि स्वर्गको बयान गरेजस्तो होला, तर, यति मैले भन्नुपर्छ हामीले आङ्खनो लेखापरीक्षण गरौं, इमान्दारीपूर्वक जिम्मेवारी पूरा गरौं ।’ नेपाल चार्टर एकान्टेन्ट संस्थाको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको थियो ।
सोही कार्याक्रमा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री जनार्दन शर्मा र विशेष अतिथिका रूपमा गभर्नर महाप्रसाद अधिकारी आमन्त्रित गरिएको थियो । तर सो कार्यक्रममा अर्थमन्त्री शर्मा गएपछि गभर्नर अधिकारी भने सहभागी भएनन् ।
सरकारले काम गर्न नसकेको आरोपमा गभर्नर अधिकारीलाई गत चैत २५ गते छानबिन गर्न भन्दै निलम्बन गरेको थियो। त्यसलाई चुनौती दिँदै गभर्नर अधिकारी अदालत पुगेका थिए । अदालतले अल्पकालीन अन्तरिम आदेश दिएर गभर्नरलाई ११ दिनपछि राष्ट्र बैंक फर्काएको थियो ।
त्यसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । त्यसपछि सार्वजनिक मञ्चमा गभर्नर अधिकारी र अर्थमन्त्री शर्मालाई मंगलबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले डाकेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १२:०१