काठमाडाैं - सूर्या लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा बीमितहरुले ब्याज छुट पाउने भएका छन् । कम्पनीले विभिन्न कारणले तोकिएके समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएको बीमालेखहरुको ३५ प्रतिशत सम्म व्याज छुट दिने भएको हो ।
कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्ष देखि व्यतित भएका बीमालेखमा नविकरण गर्दा लाग्ने व्याजमा ३५ प्रतिशत व्याज छुट दिनेछ । कम्पनीले २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म तोकिएको सबै प्रकृया पुरा गरी नविकरण गराएमा मात्रै व्याज छुट पाउने जनाएको छ ।
कम्पनीकाअनुसार सन २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट लागू हुने छैन । यो सुविधा अन्तर्गत एक पटक ब्याज छुट लिई सकेका बीमितहरूलाई बीमा अवधिभरी पुनः छुट नपाउने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १२:४३