काठमाडाैं - बुधबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार वैशाख २१ गते, छापावाल सुन ९७ हजार २०० रुपैयाँ कायम रहेको छ ।
आज तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो कारोबार दिन सुन प्रतितोला एक हजार रुपैयाँले गिरावट भएको थियो ।
चाँदीको मूल्य लगातार दोश्रो दिन पनि स्थिर रहेको छ । यस दिन चाँदी मंगलबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार यता चाँदीको यहिँ मूल्य तोकिएको छ ।
विश्व बजारमा भने बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन प्रतिअन्स चार डलर भन्दा धेरैले गिरावट भएको हो । यो समाचार तयार पार्दासम्म सुन प्रतिअउन्स एक हजार ८६४ डलर बराबरमा कारोबार भइरहेको छ । यसैगरी चाँदी प्रतिअउन्स २२ डलरमा खरिदबिक्री हुँदैछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १२:४८