एजेन्सी– तीन असफल विवाह पछि किम कार्दशियन चोथौ विवाह गर्न चाहन्छिन् । ‘म प्रेममा विश्वास गर्छु’ त्यसैले आशा छ मेरो लागि एक मात्र विवाह चौथो हुनेछ। रियलिटी स्टार किमले ‘हुलु’को ‘द कार्दशियन्स’ सो को एक भिडियो क्लिपमा भनेकी छिन् ।
तर उनले अर्काको व्यक्तिसँग विवाह गर्न चाहन्छिन् भने बारे खुलाएकीछैनन् । हाल उनी ‘स्याटरडे नाइट लाइभ’ स्टार पीट डेभिडसनसँगको प्रेम सम्बन्धमा छिन् ।
किमले यसअघि सन् २००० देखि २००४ सम्म संगीत निर्माता डेमन थोमस र २०११ देखि २०१३ सम्म एनबीए प्लेयर क्रिस हम्फ्रिज र २०१४ देखि २०२१ सम्म र्यापर केन्य वेस्टसँग विवाह गरेका थिए ।
कान्ये वेस्टसँग उनले कानूनी रुपमा गत मार्चमा सम्बन्धविच्छेद गरेकी हुन् । किम र केन्यबिच चार सन्तान छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १३:१७