एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग बिच भेटबाता भएको छ ।
युरोप भ्रमणमा रहेका मोदीले भ्रमणको दोस्रो दिन डेनमार्ककी रानीसँग भेटवार्ता गरेका हुन् । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्वागत गरेको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।
भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गरेको रात्रीभोजमा समेत सहभागी भएका थिए।
प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्धितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरेका छन्।
प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गरेको बताइएको छ। त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका छन् ।
उहाँले भ्रमणको पहिलो दिन जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेका थिए । उनीहरुबीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गरेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १३:२७