काठमाडाैं - एनएमबि बैंकले योयो जिपलाईन प्रा.लिसँग सम्झौता गरेकाे छ । आन्तरिक पर्यटन सहकार्य गर्ने सम्बन्धमा एनएमबि बैंक लिमिटेडले योयो जिपलाईन प्रा.लिसँग स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको हाे ।
बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएकाे छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र योयोको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।
आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बैंककाे दबी छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १४:४९