काठमाडाैं - सिद्धार्थ बैंकले प्लाटिनम प्लस बचत खातामा उच्चतम ब्याजदर दिने भएकाे छ । सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा मासिक भुक्तानी हुने गरी उच्चतम ८.०३५ को वार्षिक ब्याजदर दिने भएकाे हाे ।
सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकवर्गको चाहना अनुरुप वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरु माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ । आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले सुविधाहरु प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १५:१२