काठमाडाैं - लुम्बिनी विकास बैंक लिमिटेडले एकैसाथ थप नयाँ दुई शाखा कार्यालयको उद्घाटन गरेको छ। देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ सेवा पुर्याउने उद्श्यले बुधबार काठमाडौं र नुवाकोटमा थप दुई शाखाहरुको उद्घाटन गरेको हाे ।
नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।
यस बैंकको कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन् भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका हुन् ।
खोलिएको दुई शाखासहित यस बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको जनाएकाे छ । निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको बैंकले जनाएकाे छ ।