काठमाडाैं - रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपिओ बाडफाँड गर्ने भएको छ । बुधबार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच कम्पनीले मेगा क्यापिटललाई प्रबन्धकमा नियुक्त गरी शेयर बाडफाँड गर्ने भएको हो ।
मेगा क्यपिटलसँग रारा हाईड्रोपावर कम्पनीले १२,००,०००/– कित्ता शेयर विक्री वितरण गर्न सम्झाैता गरेकाे हो । सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सर्वसाधारणका लागि जारी हुने शेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा बाडफाँड गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयरका लागि आवेदन दिने योजना रहेको जनाएकाे छ ।
सो कार्यक्रममा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १९:०८