कुरा हालैको हो, म नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा एक जना बिरामीलाई भेट्न गएको थिएँ । एक जना साथी म सँग थिए । मोटरशाईकिल रोकेर हामी माथिल्लो तलामा रहेका बिरामीलाई भेट्न गयौं । बिरामीलाई भेटेर आधा घण्टा नबित्दै हामी तल झर्यौं फर्किनका लागि । मोटरशाईकिल नजिक पूग्दा थाहा भयो, हाम्रो हेल्मेट त कसैले गायव पारिसकेको रहेछ । अस्पताल जस्तो सम्बेदनशिल ठाउँमा कसरी यति चाँडै हेल्मेट हरायो त ? यताउति हेर्यौं चोरी भईसकेको हेल्मेट कहाँ बाट कसरी पाउनु ? ईमरजेन्सिमा रहेका कर्मचारीहरुलाई सोध्न गयौं, कसैले राखिदिएको छ कि हेल्मेट भनेर । उनीहरुले हेल्मेट दिनहुँ हराउने गरेको बताए । त्यसपछि भेरी अञ्चल अस्पतालको शुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएका प्रहरी हवल्दारलाई भेट्यौं । उनले दिनहुँ हेल्मेट हराईरहेको भन्दै निरिहता प्रकट गरे । उनले केही दिन अगाडी एउटा मोटरशाईकिल समेत हराएको बताए । दिनहुँ चोर समातेर जिल्ला प्रहरी पठाउँदा पनि चोरी नियन्त्रण हुन नसकेको उनले बताए । यसरी अस्पतालमै शुरक्षाको अवस्था राम्रो नहुनु चिन्ताजनक कुरा हो । यस तर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३ ०७:०९