काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले उकालो लागेर रु ९८ हजार ६०० पुगेको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३०५ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०० डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ १२:१७