काठमाडाैं - आइएमई पे र गोल्डस्टारबीच विशेष छुटका सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको हाे । सम्झौता अनुसार गोल्डस्टार जुत्तामा ३०% देखि रू ३०० सम्मको छुट हुने बताएकाे छ ।
सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई-वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका हुन् ।
शुक्रबारका दिनदेखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा Web Checkout मा ३०% देखि रु ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा SMART QR मार्फत पनि भुक्तानी गर्न सकिने जनाइएकाे छ ।
उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले “आइएमई पे र गोल्डस्टारबीच सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।
साथै गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले “आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु” बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ १७:२१