काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन तोलामा ६ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रूपैयाँ कायम भएको छ ।
बिहिबार छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी २५ रूपैयाँले घटेर प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार चाँदी प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ ११:४८