काठमाडाैं - देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशभर एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का तराई भू-भागका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक- दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ १०:५६