कुरो केही दिन अघाडिको हो, म काम विशेषले नेपाल टेलिकमको नेपालगञ्ज स्थित कार्यालय पुगेकी थिएँ ।
म आफ्नो कार्यालयको एडिएसएलको बिल तिर्न लाईनमा थिएँ । म भन्दा अघाडि दुईजना सेवाग्राही लाईनमा थिए । म पालो कुरेर हेरी रहेको थिएँ, काउण्टरमा बस्ने दुई जना कर्मचारी मध्ये एक जना कर्मचारी बिल काट्दै थिए । म भन्दा अघाडिको सेवाग्राहीले, “मेरो कति भयो सर?” भनेर सोध्दा रु.१ हजार १७ भयो भने जवाफ पाएपछि उनले १ हजार २० रुपियाँ दिएँ तर टेलिकमका ति कर्मचारीले फिर्ता गर्नु पर्ने रकम फिर्ता गर्न चासो देखाएनन र एडिएसएलको मासिक बिल १ हजार १७ मात्र हुन्छ तर त्यहाँसेवाग्राहीलाई ३ रुपैयाँ फिर्ता दिईएन ।
सेवा प्रदान गर्ने जुनसुकै कार्यालयमा पनि सेवाग्राहीको सहजताको निम्ति कर्मचारीहरु खटिएका हुन्छन्, तर तिनै कर्मचारीले दिन दहाडै रु. ५, १० रुपैयाँ यसरी खाईदिएपछि कसरी सेवाग्राहीलाई सहि सेवा दिएको ठहरिन्छ त मैले कुरा बुझ्न सकिन ।
यसरी ससानो रकम फिर्ता नगर्नु पनि त गलत काम हो नि हैन र ?हामी दिनेले पनि सहज तरिकाले दिएर पो उनले लिएका हुन कि? छिटो काम होस् भनी हामीले दिएको बढि पैसा कतै अघोषित नाकान्दी जस्तै अघोषित घुस पो हो की?
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३ ०७:२३