काठमाडौं– भारतमा कोभिड–१९ को सक्रिय संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ४५१ नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतभर सक्रिय संक्रमितको संख्या कूल २० हजार ६३५ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । जब कि शनिबार दैनिक मृत्यु हुनेको संख्या २२ जना रहेको थियो । विशेष गरी भारतको दिल्ली, हरियाणा, केरल, उत्तर प्रदेश र महाराष्ट्रमा तीव्र रुपमा संक्रमण बढेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमणको दर ०।९६ प्रतिशत रहेको छ भने मृत्युदर १/२२ रहेको छ । भारत सरकारले कोरोनासँग लड्न कोरोना भाइरसविरुद्धको खोपलाई महत्वपूर्ण रहेको बताएको छ । पछिल्लो एक दिनमा भारतभर १७ लाख ३९ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ १२:१२