काठमाडाैं - हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। हाल मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक फसतर्कता अपनाउन विभागले अनुरोध छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ १०:०१