काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९८ हजार २ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर आइतबार कारोबार भएको मूल्य प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ ११:२२