किभ- पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले बम आक्रमण गरेकाे छ । क्षेत्रीय गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताएका हुन् ।
साे बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए ।
बम विस्फोटपछि भवनमा आगलागी भएको थियो । लगभग चार घण्टापछि आगो निभाइएको थियो । त्यसपछि भग्नावशेष खाली गरियो र दुर्भाग्यवश, दुई जनाको शव फेला पर्यो’, गैडाइले बताए ।
‘तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए । भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ’, उनले थपे । -एजेन्सी
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ १२:०९