काठमाडौं– आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि रसुवामा ८०१ सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ८०१ जना सुरक्षाकर्मी खटिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार निर्वाचनका लागि जिल्लामा २९४ जना नेपाल प्रहरी, २८८ जना म्यादी प्रहरी र २१९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १५:२०