काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई होटल एशियाटिकमा २०% सम्मको विशेष छुट दिने भएकाे छ ।
बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियाटिक (Hotel Asia Tique)बीच सम्झौता गरी बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट POS तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% सम्मको विशेष छुट दिने भएकाे हो ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बताइएकाे छ । होटल एशियाटिकले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको जनाएकाे छ ।
हालसम्म ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङसुविधा प्रदान गर्दै आईरहेको बैंक अफ काठमाण्डू लिमिटेडको दाबी छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १७:२३