काठमाडाैं - एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा नेपाल पे क्यूआरु सफलतापूर्वक एकीकृत गरेको छ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा नेपालपे क्यूआरु लाई सफलतापूर्वक एकीकृत गरेको हाे ।
जसले गर्दा बैंकका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध नेपालपे क्यूआरमार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकलेनेपालपे क्यूआरको लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।
एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध रहेको बैंककाे दाबी छ । हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १७:५५