काठमाडाैं - स्थानीय तह चुनावका दिन काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डले स्थानीय तह चुनावका दिन यातायातको असुविधालाई मध्यनजर गर्दै काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको हो।
बोर्डले हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्न लागेको जनाएको छ । नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतको लागि विभिन्न रुटहरूमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था गरेको बोर्डले जनाएको छ।
यसका लागि ३ वटा रुट छुट्याएको छ। सटल बस सेवावापत प्रति व्यक्ति तीन सय रूपैयाँ शुल्क लाग्ने पर्यटन बोर्डले जनाएको छ । जसमा रूट १ तर्फ एअरपोर्ट ,एनएसी,होटल अन्नपूर्ण,होटल याक एण्ड यति ,ठमेल चोक ९लैनचौर चोक ,शंकर होटल,एम्बासडर होटल ,एअरपोर्ट रुटमा चल्ने छ ।
त्यसैगरी रूट २ तर्फ एअरपोर्ट होटल हुँदै र्याडिशन,सांग्रिला होटल,नारायण गोपाल चोक ९हायात रिजेन्सी चाबहिल चोक हँदै होटल द्वारिका एअरपोर्ट सम्म पुग्ने छ । रूट ३मा एअरपोर्ट तीनकुने चोक हुँदै होटल एभरेष्ट ९ माइतिघर चोक० होटल हिमालयन,होटल सोल्टी , ग्रान्ड होटल हुँदै एअरपोर्ट पुग्ने पर्यटन बोर्डले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १८:४४