काठमाडाै– दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएको छ । घरको कामबाट फुर्सद पाइएका बेला उनी दुनाटपरी बनाउने गछिन्।
उनले बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ । उनी भन्छिन्,“ बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएकोे छु ।यसबाट महिनामा रु १० हजारदेखि रु १५ हजार जति आम्दानी हुने गरेको छ ।”
महाकाली सामुदायिक वनले दुनाटपरी बनाउनका लागि पात ल्याउनका लागि सहज गरिदिएको छ । उनले दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नून, तेल, साबुन, कपडा किनका सार्थै विद्यालयमा पढने बालबालिकाको खर्चसमेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ ।
धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ । मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ । “पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो । हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ । जति बनाउन सक्यो त्यतिनै फायदा छ” उनी भन्छिन्। ।
दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ । सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ ।
दुनाटपरीसमेत विभिन्न प्रकारको हुने गरेको छ । जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन । देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन् ।
“बजार दुनाटपरीको माग धेरै छ” श्यानीदेवीले भने, “पु¥याउनै सकिदैन । जति बनाए पनि बजारमा बिक्री हुन्छ । यसलाई व्यवसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ ।” उनले बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाउने कार्य गर्दै आएकी छिन् ।
यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पु¥याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएको छ । श्यानी जस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने कार्यमा संलग्न भएको छ ।
“पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो” उनी भन्छिन्, “हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन् । घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ । माग आए अनुसार बजारमा समेत बेच्छौ ।”थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हँुदै आएको छ । पहाडी समुदायलेसमेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन् । महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिए ।
यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराई आर्थिक रुपमा सवल पार्ने योजना रहेको उनको भनाइ छ । हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १४:०५