काठमाडाैं - लुम्बिनी बैंकको डिबेञ्चर बिक्री प्रबन्धकमा नबिल बैंक नियुक्त भएकाे छ । लुम्बिनी विकास बैंक लिमिटेड रु.१,०००/– अंकित दरको १०,००,००० कित्ताले हुन आउने रु. १,००,००,००,०००/– (अक्षरुपी १ अर्ब) रकम बराबरको ११% एल.बि.बि.एल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११% प्रतिशत रहेको जनाइएको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले बुधबार हस्ताक्षर गरेका हुन्छ ।
प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुको स्विकृति पश्चात बिक्रीवितरण गरिने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १४:४०