काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला कीर्तिपुर मैदानमा हुन लागेको हो ।
आसन्न एसिया कप छनोटको तयारीमा रहेको नेपालले खेलाडीलाई एक्स्पोजरका लागि युगाण्डालाई आमन्त्रण गरेको हो ।नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ ।
नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्ने जनाइएको छ । असार ३, ५, ६ र ७ गते शृंखलाका खेलहरु आयोजना हुनेछन् ।