काठमाडाैं - प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क ३३.९२ प्रतिशतले वृद्धि गरेको जनाएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अवधिको तुलनामा ३३.९२ प्रतिशतले १ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको जनाएको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड २१ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको बताएकाे छ ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेकोमा खुद नाफा भने २६.४८ प्रतिशतले घटेर १० करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १३ करोड ७८ लाख रुपैयँ खुद नफा आर्जन गरेको थियो ।
कम्पनीको जगेडा कोषमा ४५ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा २ अर्ब ७१ करोड ५० लाख रुपैयाँ र महावित्ती कोषमा ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीका अनुसार प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ८२.३० गुणा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १२:०६