काठमाडाैं - आज सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । विहीबार कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको हो ।
आज मूल्य बढेसँगै छापावाल सुनको भाउ तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेकाे छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ रहेकाे थियो । वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । आजसम्म आइपुग्दा प्रतितोला ४ हजार ७०० रुपैयाँले घटेकाे छ ।
यस्तै, पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ । आज चाँदीको मूल्य एक हजार दुई सय रुपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १३:५१