सिन्हा– चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधबार भिडियोमार्फत् फोनवार्ता भएको छ ।
फोनर्वाताका क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको छ ।
त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्धितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्द रुपमा अघि बढ्ने बताए।
उनले चीन सधैँ पाकिस्तानमा शान्ति र विकासका पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको सो वार्ताका क्रममा बताए।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १४:१४