काठमाडाैं - शेयर बजार शुक्रबारबाट चार दिनसम्म बन्द हुने भएको छ। चार दिनसम्म सार्वजनिक विदा परेको कारण शेयर बजार बन्द हुने भएको हो।
शुक्रबार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । शुक्रबार शेयर बजार बन्द नै रहने गर्छ र वैशाख ३१ गते शनिबार परेकोले दुई दिन विदा थपिएकाे छ ।
सरकारले जेठ १ गते बाट आइतबार पनि सार्वजनिक विदा दिने घोषणा गरेकाले बजार बन्द हुने भएको हो ।
जेठ २ गते सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा हुने भएको छ। बिहीबारको कारोबारपछि बजार अब जेठ तीन गते मंगलबार मात्रै र खुला हुने जनाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १४:५०