अछाम - अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।
लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका १३ बाब्लामा पनि मतदान स्थगित भएको छ।
कांग्रेस -नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो। मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १५:४२