ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बरले अग्रता बनाएका छन् ।
पछिल्लो मतगणना अनुसार महर्जनले ८७७ मत पाउँदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ४०२ मत मात्रै पाएका छन् ।
उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ४४४ मत पाएकी छिन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले १८१ मत मात्र ल्याएका छन् ।
गठबन्धनबाट ललितपुरमा काँग्रेसको मेयर र माओवादीको उपमेयरका उम्मेदवार रहेका छन् ।
तर काँग्रेसको उम्मेदवार नभएपनि उपमेयरको रुख चिन्हमा ३३० मत खसेको छ ।
माओवादीले काँग्रेसको मत नपाएपछि उपमेयरमा एमालेका उम्मेदवारलाई अग्रता मिलेको छ ।
ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना निकैनै सुस्त रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १०:२२