काठमाडौं– भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा विवाद भएको छ । बदर मतको स्थिति बढेपछि प्रतिनिधिहरूबीच विवाद भएको हो ।
मतगणना स्थलमा सहभागी दलका एक प्रतिनिधिले दिएको जानकारी अनुसार विवाद साम्य पारेर मतगणना सुचारु गर्ने प्रयास भइरहेको छ ।
उनको भनाइमा मत बदरको स्थिति कुनै पुरै बदर छन् । कुनै पदमा मात्रै बदर छन् र कुनैमा पनि नहालेको समेत देखिएको छ । विवाद समाधान गरेर मतगणनालाई तीव्रता दिने तयारी भइरहेको छ ।
केही बेरअघि सार्वजनिक नतिजामा भने सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार रेनु दाहालले १२ सय ८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ८७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ११:२६