दाङ– दाङ जिल्लाका सातवटा गाउँपालिकामध्ये अहिलेसम्म माओवादीले पाँचवटा गाउँपालिकामा अग्रता लिएको छ ।
अग्रता लिएकामध्ये माओवादीले तीन पालिकामा गठबन्धन गरेको छ भने दुई पालिकामा एकल प्रतिस्पर्धा गर्दै अग्रता लिएको छ ।
माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा एउटा गाउँपालिका मात्रै जितेको थियो । अहिले बंगलाचुली, राजपुर र राप्तीमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ भने शान्तिनगर र गढवामा झिनो मतले अग्रता लिएको छ ।
माओवादी केन्द्रले बंगलाचुलीमा काँग्रेससँग, राप्तीमा राजमोसँग र गढवामा एकीकृत समाजवादी र राजमोसँग गठबन्धन गरेको छ । एक्लै चुनाव लडेको भारतको सीमावर्ती गाउँपालिकामा माओवादीले फराकिलो मतान्तरसहित अग्रता लिएको छ ।
माओवादीले दाङमा अहिलेसम्म चारवटा वडा जितेको छ । काँग्रेस र एमालेले पनि चार–चार वटा वडा जितेका छन् । अहिलेसम्म दंशीशरण र बबइमा काँग्रेसको अग्रता छ भने गठबन्धन रहेको घोराही उपमहानगरपालिकामा झिनो मतान्तरसहित गठबन्धनको अग्रता छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ११:३१