सप्तरी– सप्तरीको खडक नगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवारले अग्रता कायम राखेका छन् ।
३ हजार ५ सय ६९ मतको गणना हुँदा जसपाका हेमायु हकले ९०६, लोसपाका ननु चौधरी ८९४, नेपाली कांग्रेसका सीताराम साहले ५००, नेकपा एमालेका इन्द्र कुमार चौधरी थारु ३८३ र जनमत पार्टीका सुरत लाल साहले १२१ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा लोसपाकी पिंकी कुमारी साह १ हजार ९०, जसपाकी रिता कुमारी चौधरी ९८१, एमालेकी सुनिता देवी साह ४१०, कांग्रेसकी यासमिन सुल्तान ३५७, जनमतकी मञ्जु देवी चौधरी १२८ र नेकपा एसका शत्रुधन प्रसाद साह ६७ मत ल्याएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १२:२९