ओखलढुङ्गा - मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवारको अग्रता लिएका छन् । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन् । धारा चिन्हका रुम्दालीको २४२५ मत आउँदा एमालेका रुपलाल तामाङको १७७४ मत आएको छ । उपाध्यक्षमा कांग्रेसका आश्राचन राई अगाडि रहेका छन् ।
उनले २३७९ मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १०७५ मत ल्याएका छन् । मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए ।
नौ वडा रहेको मानेभन्ज्याङमा १, २, ८, ७ र ९ को मतगणना भइसकेको छ । मतगणनाको परिणाम अनुसार वडा नं २ मा एमालेको प्यानल र अन्य सबै वडामा कांग्रेसको प्यानल विजयी भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १३:०७