एजेन्सी– अत्यधिक तापक्रम बढेपछि दिल्लीमा सर्वसाधारनलाई घरभित्रै बस्न भनिएको छ ।
तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ ।
दिल्ली र उत्तर प्रदेशका स्थानहरूको तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।
दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् ।
सफदरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १०:५०