काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । पहिलो खेलमा हारको बदला लिने नेपाललाई मौका छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
पाँच खेलको सिरिजमा युगान्डा १–० ले अघि रहेको छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपाल र युगान्डाबीचको तेस्रो टी–ट्वान्टी बिहीबार हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १०:०८