काठमाडौं– टी–२० शृंखलाको दोस्रो खेलमा टोली युगान्डाले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रूविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
खेल १ बजे सुरु हुनेछ । हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १–० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो ।
पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन् । पहिलोपटक घरेलु मैदानमा टी–२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १३:१८