काठमाडौं– चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बेनकी रेनु दाहालले अग्रता लिइरहेकी छिन् । उनलाई प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।
उम्मेदवार दाहाल सुवेदी भन्दा ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा दाहालले ६ हजार ३१९ मत प्राप्त गरेकी छिन् भने प्रतिस्पर्धी सुवेदीले ६ हजार २०० मत ल्याएर उनलाई पछ्याई रहेका छन् । उम्मेदवार दाहाल र सुवेदीले पालैपालो अग्रता लिने र पछ्याउने क्रम सुरुदेखि नै चलिरहेको छ ।
त्यस्तै मेयरमा नै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ हजार ८१ मत ल्याएर दाहाल र सुवेदीलाई पछ्याईरहेका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६९९ प्राप्त गरेर अग्रता कायम राखेका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी हिमला गुरुङले ५ हजार ८२ मत ल्याएर पछ्याई रहेकी छिन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १४:५३