काठमाडौं– स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छन् । ८ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हुन् ।
चन्दननाथ नगरपालिका–१ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने निर्वाचित भएका छन् । उनी ३०४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका राजबहादुर झाक्री २४५ मत प्राप्त गरेका थिए ।
सोही नगरपालिका–२ वडामा कांग्रेसका हेमबहादुर थापा निर्वाचित भएका छन् । उनी २०३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार गगनबहादुर भण्डारीले १६६ मत प्राप्त गरेका थिए ।
चन्दननाथ नगरपालिका(४ वडामा कांग्रेसका नवराज देवकोट निर्वाचित भएका छन् । उनले २७५ मत प्राप्त गरि प्रतिस्र्धी राप्रपाका श्रीकृष्ण बुढालाई पराजित गरेका हुनु । बुढाले २१८ मत प्राप्त गरेका छन् ।
सोही नगरपालिका वडानम्बर ६ मा कांग्रेसका रवीबहादुर थापा निर्वाचित भएका छन् । उनी ३६० मत प्राप्त गरि वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
उनका प्रतिद्धन्द्धी एकीकृत समाजवादीका कृष्ण थापाले २३९ मत प्राप्त गरेर पराजित भएका छन् । त्यस्तै गुठीचौर गाउँपालिका–१ मा कांग्रेसका अर्जुनकुमार महतारा वडाध्यक्षमा निर्वाचित भएका छन् ।
पातारासी गाउँपालिका–२ मा कांग्रेसका बलबहादुर बोहरा निर्वाचित भएका छन् । उनी ४३४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कन्न बोहराले ४३२ मत प्राप्त गरेका थिए । उनी दुई मतले पराजित भएका हुन् ।
सोही गाउँपालिका(५ मा कांग्रेसका दत्तबहादुर बुढा निर्वाचित भएका छन् । उनले ३७० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादीका टेकबहादुर बुढाले ३२४ मत प्राप्त गरेका हुन् ।
वडानम्बर ६ मा कांग्रेसका कर्मबहादुर विष्ट निर्वाचित भएका छन् । उनले ३२२ मत प्राप्त गरेर विजय भए भने उनका प्रतिद्धन्द्धी एमालेका सिंगबहादुर विष्ट १८६ मत प्राप्त ल्याएर पराजय भएका छन् ।
यसैगरी कनकासुन्दरी गाउँपालिका–१ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भैरबहादुर बुढा ६३० मत प्राप्त गरि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका भक्तबहादुर बुढाले ४९६ मत प्राप्त गरी पराजित भएका छन् ।
सिंजा गाउँपालिका–१ वडामा कांग्रेसका हरिनन्द आचार्य निर्वाचित भएका छन् । उनले २७२ मत ल्याएर प्रतिद्धन्द्धी माओवादीका धनडोमा तामाङ रोकायालाई पराजित गरेका हुन् । रोकायाले २४० मत प्राप्त गरि पराजित भएकी हुन् ।
सोही गाउँपालिका(५ वडामा कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माओवादीका मोती दमाईले ३०६ मत प्राप्त गरी पराजित भएका हुन् ।
त्यस्तै हिमा गाउँपालिका(१ वडामा कांग्रेसका रतनबहादुर शाहीले ३२८ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिस्र्धी माओवादीका राजेन्द्रप्रसाद आचार्यले २२८ मत प्राप्त गरी पराजय भोगेका हुन् ।
सोही गाउँपालिका–५ वडामा कांग्रेसका कालो शाही निर्वाचित भएका छन् । उनी २५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दल्जित शाहीले १७६ मत प्राप्त गरेको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।
हिमा गाउँपालिका(६ वडामा कांग्रेसका उपराज अधिकारी निर्वाचित भएका छन् । उनले२७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीका वीर तिरूवाले २२७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १६:३४