काठमाडौं - नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस र सेलपेबीच स्मार्ट क्यूआर भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।
टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागी सम्झौता सम्पन्न भएको हो ।
हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको होे ।
सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने सेलपे मार्फत विभिन्न व्यापार- व्यवसाय संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।
इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १३:१९