काठमाडौं– रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले वैशाख २८ गतेदेखि २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) आज बन्द हुँदैछ ।
मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।
यद्यपि, इच्छुक लगानीकर्ताले आज बेलुका ४ः३० बजेसम्म न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्मका लागि जारी गरेको कुल २७ लाख ३० हजार कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १३:०४