काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले म्याद सकिएका र प्रक्रिया नपुगि गठन भएका विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावलील व्यवस्थापन गरेको नियम अनुसार गठन गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।
म्याद समाप्त भएको र नियमानुसार गठन नभएको विद्यालय व्यवस्थापन समितिबाट हुने निर्णयहरू नियमसंगत नहुने भएकोले तोकिएको म्याद भित्र नै विद्यालय व्यवस्थापन समितिको गठन गर्ने व्यवस्था मिलाउन केन्द्रले आज एक सूचना जारी गरी निर्देशन दिएको हो ।