काठमाडौं– नेपाली बजारमा बिहीबार सुन तोलामा ५ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ११:४४